देश र जनताको स्तर अनुसार शिक्षाको गुणस्तर बढ्नुपर्छ: अमरेशकुमार

अनलाइनसमय |
२९ जेठ २०८१
देश र जनताको स्तर अनुसार शिक्षाको गुणस्तर बढ्नुपर्छ: अमरेशकुमार

काठमाडौं, २९ जेठ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई काम गर्न दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनलेआफूहरू साथमा रहेकोले शिक्षा क्षेत्रको समग्र सुधारका लागि अगाडि बढ्न शिक्षामन्त्री श्रेष्ठलाई आग्रह गरे ।

यस्तै उनले आफूले कुनै दल र नेता नचिन्ने बताए । उनले भने, ‘हामी कुनै दल र नेतालाई चिन्दैनौं । हामी देश र जनतालाई चिन्छौं । देश र जनताको स्तर अनुसार शिक्षाको गुणस्तर अगाडि बढ्नुपर्छ । शिक्षामा कुनै किसिमको राजनीतिकरण हुनुहुँदैन ।’

विद्यालय व्यवस्थापन समिति, शिक्षकहरूको ट्रेड युनियन र विद्यार्थी संगठनसमेत आवश्यक नरहेको उनको भनाई छ । ‘कुनै किसिमको व्यवस्थापन समिति चाहिँदैन । व्यवस्थापन समिति दलको संगठन निर्माण गर्ने थलो बनेको छ, ‘कुनै किसिमको ट्रेड युनियन चाहिँदैन । चाहे शिक्षकको होस् वा विद्यार्थीको युनियन होस् ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस