• कृषि, ताजा समाचार

    एनसेल र युवा परिषद्ले ७७ वटै जिल्लामा एक साथ ७७०० विरुवा रोप्ने

     101 Views
    एनसेल र युवा परिषद्ले ७७ वटै जिल्लामा एक साथ ७७०० विरुवा रोप्ने

    काठमाडौं, २४ जेठ । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्बीच सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७ हजार ७०० विरुवा रोप्ने समझदारी भएको छ । एक युवा, एक विरुवा अभियानको सुरुवात गर्दै एनसेल र परिषद्को संयुक्त पहलमा आगामी १४ असार ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन ७७ वटै जिल्लामा वृक्षारोपण गरिने सम्झौता भएको एनसेलले जनाएको छ ।

    एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरुप एक युवा एक विरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक विरुवा वृक्षारोपण गर्ने छन् । यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ ।

    वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ।

    सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरुको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment