गत आवमा कृषि उपजले ढाकेको क्षेत्रफल र उत्पादन दुबै घट्यो

अनलाइनसमय |
९ मंसिर २०८३
गत आवमा कृषि उपजले ढाकेको क्षेत्रफल र उत्पादन दुबै घट्यो

काठमाडौं, ९ मंसिर । गत आर्थिक वर्ष २०८२/८३ मा प्रमुख कृषि बालीले ढाकेको कुल क्षेत्रफल र उत्पादन दुबै घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्बजनिक गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) का प्रतिवेदनअनुसार गत आवमा कृषि उपजले ढाकेको क्षेत्रफल १ दशमलव ५६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो क्षेत्रफल २.१९ प्रतिशतले घटेको थियो ।

यस्तै गत आवमा कृषि उत्पादन पनि शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो बालीको उत्पादन ३ दशमलव ४३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवमा समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन १ दशमलव ३६ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो उत्पादन ३.१८ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा फापर बालीको उत्पादन १.६६ प्रतिशत र गहुँ बालीको उत्पादन २.३१ प्रतिशतले बढेको छ भने मकै बालीको उत्पादन ०.०५ प्रतिशत, जौ बालीको उत्पादन ३.२९ प्रतिशत, धान बालीको उत्पादन ३.७६ प्रतिशत र कोदो बालीको उत्पादन ६.१३ प्रतिशतले घटेको छ ।

धान बालीको उत्पादनको प्रवृत्ति पछिल्लो वर्षहरुमा धान बालीको उत्पादकत्वमा सामान्य वृद्धि भएको छ । आधुनिक कृषि खेती तथा उन्नत बीउको प्रयोग र सिँचाइ सुविधाले धान बालीको उत्पादकत्वमा केही वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्षमा धान बालीको क्षेत्रफलमा कमी आए पनि उत्पादकत्वमा भने कमी आएको छैन ।

त्यस्तै, समीक्षा वर्षमा फलफूलको समग्र उत्पादन ०.२१ प्रतिशतले बढेको छ । गत वर्ष फलफूल उत्पादन ५.५९ प्रतिशतले घटेको थियो ।

खाद्य तथा अन्य बालीको उत्पादनमा कोशी प्रदेशको हिस्सा सबैभन्दा बढी २३.९३ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.५६ प्रतिशत रहेको छ । तरकारी तथा बागवानीको उत्पादनमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २९.३५ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.४४ प्रतिशत रहेको छ । त्यसैगरी, फलफूल उत्पादनमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी ३५.९८ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.३६ प्रतिशत रहेको छ ।

यसैगरी, राष्ट्र बैंकका अनुसार गत वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल २ं दशमलव ०१ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो क्षेत्रफल २.५३ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा गहुँ बालीले ढाकेको क्षेत्रफल ०.२४ प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफल ०.५४ प्रतिशतले बढेको छ । त्यसैगरी, धान बालीले ढाकेको क्षेत्रफल २.७८ प्रतिशत, मकैबालीलेढाकेको क्षेत्रफल ०.८९ प्रतिशत, कोदो बालीले ढाकेको क्षेत्रफल ३.२६ प्रतिशत र जौ बालीले ढाकेको क्षेत्रफल ३.५६ प्रतिशतले घटेको छ । गत वर्ष जौ बालीले ढाकेको क्षेत्रफल १.९७ प्रतिशतले बढेको थियो भने धान बालीले ढाकेको क्षेत्रफल १.३९ प्रतिशत र मकै बालीले ढाकेको क्षेत्रफल २.७९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, गहुँ बालीले ढाकेको क्षेत्रफल ३.१३ प्रतिशत, कोदो बालीले ढाकेको क्षेत्रफल १०.०० प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफल १९.४० प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै २९.६७ प्रतिशत र फापर बालीको सबैभन्दा कम ०.२३ प्रतिशत रहेको छ ।

त्यस्तै, समीक्षा वर्षमा तरकारी बालीले ढाकेको क्षेत्रफल २.७२ प्रतिशतले र बागवानीले ढाकेको क्षेत्रफल ५.९७ प्रतिशतले घटेको छ भने फलपूmल बालीले ढाकेको क्षेत्रफल ७.९७ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस