साढे १२ प्रतिशतले बढ्यो अचार निर्यात

अनलाइनसमय |
९ मंसिर २०८३
साढे १२ प्रतिशतले बढ्यो अचार निर्यात

काठमाडौं, ९ मंसिर । अन्तरराष्ट्रिय बजारमा नेपालको अचार निकासी बढेको छ । चालू आर्थिक वर्ष (आव)को पहिलो ४ महिनामा साढे १२ प्रतिशतले अचार निकासी बढेको हो ।

भन्सार विभागका अनुसार आवको कात्तिकसम्ममा १ लाख १३ हजार ९८५ किलोग्राम (केजी) अचार निकासी भएको छ, जुन ७ करोड ९ लाख मूल्य बराबरको हो ।

गत आवको यसै अवधिको तुलनामा परिमाणका आधारमा १२ दशमलव ५० प्रतिशतले अचारको निर्यात बढेको छ । गत आवको कात्तिकसम्ममा ६ करोड रुपैयाँ बराबरको १ लाख १ हजार ३१९ केजी अचार बाहिरिएको थियो । यद्यपि मूल्य र परिमाण दुवैका आधारमा अचार निर्यात बढेको देखिन्छ ।

विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरियालगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत कात्तिकसम्ममा सबैभन्दा धेरै जापानमा ३ करोड ४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै कोरियामा १ करोड ३८ लाख रुपैयाँ बराबरको अचार बाहिरिएको तथ्यांक छ ।

कुन देशमा कति अचार बाहिरियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस