नेपालको पुर्निर्माणमा भारतको २ खर्ब ४० अर्ब सहयोग प्याकेज घोषणा

अनलाइनसमय |
७ मंसिर २०८३
नेपालको पुर्निर्माणमा भारतको २ खर्ब ४० अर्ब सहयोग प्याकेज घोषणा

काठमाडौं, ७ मंसिर । भारतले नेपाललाई भोटेकोसी बाढीपछि क्षतिग्रस्त पूर्वाधार निर्माणका लागि २ खर्ब ४० अर्बको सहयोग प्याकेज घोषणा गरेको छ ।

भारत भ्रमण रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको एकल र सामूहिक वार्तापछि हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो घोषणा गरेका हुन् ।

उनले भदौ १० को भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन सो रकम उपलब्ध गराउने बताएका छन् ।

’नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउनका लागि २४ हजार करोड नेपाली रूपैयाँ डेभलभमेन्ट कोअपरेसन प्याकेज घोषणा गर्दछु। प्रभावित परिवारको जीवन फेरि लयमा आओस्। नयाँ अवसर प्राप्त होस्। भविष्यमा हुनसक्ने विपदको सामना गर्न नेपालको क्षमता अझै बढोस्,’ पत्रकार सम्मेलनमा मोदीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस