काठमाडौं, ३ मंसिर । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ६२ अंकले बढेर दुई हजार ६२८ दशमलव ६७ बिन्दुमा कायम भएको हो ।
आज ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब १५ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १३८ धितोपत्रको शेयर मूल्य बढ्दा १३२ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४७ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार १३ समूहको उपसूचकमध्ये ७ को घटेको छ भने ५ उपसूचक मात्र बढेको छ । यसदिन होटेल तथा पर्यटन समूह सर्वाधिक १ दशमलव २९ प्रतिशतले बढेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) ६, बोटलर्स नेपाल (तराई) ५ दशमलव ६३, गाडियन माइक्रो लाइफ इन्सुरेन्स ४ दशमलव ८१, मन्दकिनी हाइड्रोपावर ४ दशमलव ४६ र बेष्ट फाइनान्सको शेयर मूल्य ३ दशमलव ४४ प्रतिशतले बढेको छ ।
यसदिन एभरेष्ट कलर ५ दशमलव ४५, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स ५ दशमलव ४३, मुक्तिनाथ कृषि कम्पनी ४ दशमलव ३२, नेपाल वेयर हाउजिङ ३ दशमलव ६३ र बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर मूल्य ३ दशमलव ५५ प्रतिशतले घटेको छ ।