धादिङको घोप्टेभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

अनलाइनसमय |
३ मंसिर २०८३
धादिङको घोप्टेभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं, ३ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार बिहीबार बिहानदेखि पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । पहिरो निरन्तर खसिरहेको र सडकमा ढुंगा तथा माटो थुप्रिएकाले तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

पहिरो पन्छाएर कम्तीमा एकतर्फी भए पनि सवारी आवागमन खुलाउने उद्देश्यले आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको नागढुंगा–मुग्लिङ सडक योजना कार्यालयले जनाएको छ । जुनसुकै समयमा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले सडक प्रयोगकर्तालाई उक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । कार्यालयले हतार नगरी, सुरक्षित दूरी कायम गरेर र ट्राफिक नियमको पूर्ण पालना गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

पहिरो पन्छाउने कामसँगै आगामी केही दिनभित्र उक्त स्थानमा सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस