काठमाडौं–तराई–मधेस द्रुतमार्गको महादेवटार सुरूङ ‘ब्रेक थ्रु’

अनलाइनसमय |
२ मंसिर २०८३
काठमाडौं–तराई–मधेस द्रुतमार्गको महादेवटार सुरूङ ‘ब्रेक थ्रु’

काठमाडौं, २ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुर महादेवटार सुरूङ (३.३९९ मिटर) को बुधबार ‘ब्रेक थ्रु’ गरिएको छ ।

उक्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

‘विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ’, राष्ट्रपतिले भने ।

सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै आयोजनाको सुरुङ निर्माणले थप गति लिने अपेक्षा गरिएको नेपाली सेनाले जनाएको छ ।

यसअघि अर्कोतर्फको ३.४८६ किमिको सुरुङ गत भदौमा ञब्रेक थ्रुझ भइसकेको छ । फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् ।

नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी कार्यान्वयन गरिरहेको छ । यसमध्ये प्याकेज १, २, ३, ४, ५, ६, ७, ८ ९क०, ८ ९ख०, ९ ९क०, ९ ९ख० र १० निर्माणाधीन तथा कार्यान्वयन चरणमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस