काठमाडौंको मेयरमा उम्मेदवारी दिने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा

अनलाइनसमय |
२ मंसिर २०८३
काठमाडौंको मेयरमा उम्मेदवारी दिने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा

काठमाडौं, २ मंसिर । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पूर्वमन्त्री श्रेष्ठले बुधबार (आज) सामाजिक सञ्जालमार्फत काठमाडौंको मेयरमा चुनाव लड्ने घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस