काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित सहर

अनलाइनसमय |
२ मंसिर २०८३
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित सहर

काठमाडौं, २ मंसिर । काठमाडौंको वायु प्रदूषणको स्तर थप बढ्दै गएको छ । विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा पुगेको छ ।

वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८३ पुगेको हो ।

आईक्यूएयरका अनुसार १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा प्रदूषित हावाको सम्पर्कमा आउँदा सर्वसाधारणको स्वास्थ्यमा असर पर्न सक्छ ।

विश्वका प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर ३९८ एक्यूआईसहित पहिलो स्थानमा छ । त्यस्तै, बंगलादेशको ढाका २२० एक्यूआईसहित दोस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस