इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र सेवा दस्तुरको विवरण पेस गर्न प्राधिकरणको निर्देशन

अनलाइनसमय |
२ मंसिर २०८३
इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र सेवा दस्तुरको विवरण पेस गर्न प्राधिकरणको निर्देशन

काठमाडौं, २ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले इजाजतपत्र प्राप्त इन्टरनेट (इमेल सहित) सेवा प्रदायकहरूलाई १० दिनभित्र दूरसञ्चार सेवा दस्तुर (टीएससी) सँग सम्बन्धित विवरण पेस गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले बुधबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज महिनासम्मको दस्तुर विवरण बुझाउन सूचित गरेको हो ।

आर्थिक ऐन, २०८० को दफा ८ को उपदफा ५ मा “दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ” भन्ने व्यवस्था रहेको छ । यसै व्यवस्था अनुसार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका सम्पूर्ण सेवा प्रदायकहरूलाई यो निर्देशन दिइएको हो ।

प्राधिकरणका अनुसार सेवा प्रदायकहरूले नियमानुसार नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित आवश्यक कागजातहरू सहित विवरण बुझाउनुपर्नेछ ।

प्राधिकरणले तोकेको ढाँचा अनुसार सेवा प्रदायकहरूले प्रत्येक महिनाको लागि छुट्टाछुट्टै विवरण तयार पार्नुपर्नेछ । जसमा मासिक बिक्री अन्तर्गत इन्टरनेट बिक्री बापतको आय, मर्मत सम्भार बापतको आय, उपकरण बिक्री बापतको आय, अन्य आय र ती सबैको जम्मा आय रकम खुलाउनुपर्नेछ ।

दूरसञ्चार सेवा दस्तुर दाखिला भए वा नभएको विवरण अन्तर्गत दाखिला गरिएको टीएससी रकम, दाखिला गरिएको मिति, तोकिएको समयभन्दा ढिलो बुझाएको भए दाखिला भएको ब्याज रकम र ब्याजसहित जम्मा दाखिला भएको कुल रकम उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

nta_suchana_pic.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस