तिहारपछि खुलेको पहिलो कारोबारको दिन घट्यो सुनचाँदीको मूल्य

अनलाइनसमय |
२७ कार्तिक २०८३
तिहारपछि खुलेको पहिलो कारोबारको दिन घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, २७ कात्तिक । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । तिहार बिदापछि खुलेको पहिलो कारोबारको दिन आज सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस