रोमाञ्चक खेलमा विराटनगरले जनकपुरलाई २ रनले हरायो

अनलाइनसमय |
१७ कार्तिक २०८३
रोमाञ्चक खेलमा विराटनगरले जनकपुरलाई २ रनले हरायो

काठमाडौं, १७ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले हराएको हो ।

१७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि सैफ हसनले ७१ रन बनाएर अविजित रहे । त्यस्तै, विशाल सुश्लिङले ४३ तथा जेम्स निशमले २७ रन जोडे ।

विराटनगरका लागि आन्द्रे रसेलले ४ विकेट लिए । एन्जेलो म्याथ्युजले २ र रुपेश सिंहले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनायो । विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे । इमरान शेखले ५६, आन्द्रे रसेलले ५२ रन तथा लोकेश बमले ५० बनाए ।

बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए ।
तस्बिरः एनपीएल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस