काठमाडौं, १७ कात्तिक । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँमा खरीद–बिक्री भएको थियो ।