Deprecated: File Theme without header.php is deprecated since version 3.0.0 with no alternative available. Please include a header.php template in your theme. in /home/u846431148/domains/onlinesamaya.com/public_html/wp-includes/functions.php on line 6260 देशका पाँच स्थानका मुख्य राजमार्ग पूर्ण रुपमा अवरुद्ध – Onlinesamaya.comदेशका पाँच स्थानका मुख्य राजमार्ग पूर्ण रुपमा अवरुद्ध – Onlinesamaya.com
Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']
देशका पाँच स्थानका मुख्य राजमार्ग पूर्ण रुपमा अवरुद्ध
अनलाइनसमय |
१६ कार्तिक २०८३
काठमाडौं, १५ कात्तिक । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गका पाँच सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने चारवटा सडकमा एकतर्फी मात्र सवारी साधन सञ्चालनमा छन् ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पङ्दुर र टार्दुचेस्थित कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाटेडाँडा बागमती करिडोरमा पनि अविरल वर्षाका कारण सडक पूर्ण रूपमा बन्द रहेको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा मध्यपहाडी लोकमार्ग पहिराले पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ पिन्थली र रोशी गाउँपालिका–०८ पिन्टिवेशीमा गएको पहिरोका कारण बिपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
साथै, गोर्खाको आरुघाट गाउँपालिका–२, ३ स्थित सोतीदेखि मनाङ जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
प्रहरीका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका–५ वडा नं.५ जोमसोम र दालुरुङ मुनिक्षेत्र गाउँपालिका वडा नं. ३ भैलेस्थित जोमसोम–कोरोला सडकखण्डमा पहिरो र अविरल वर्षाका कारण यातायात एकतर्फी मात्र सञ्चालनमा आएको छ । पाल्पामा कालीगण्डकी करिडोर र सुर्खेतमा कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएका छ ।