Deprecated: File Theme without header.php is deprecated since version 3.0.0 with no alternative available. Please include a header.php template in your theme. in /home/u846431148/domains/onlinesamaya.com/public_html/wp-includes/functions.php on line 6260
डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै – Onlinesamaya.com डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै – Onlinesamaya.com

[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

अनलाइनसमय |
१६ कार्तिक २०८३
डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

काठमाडौं, १५ कात्तिक । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार केही दिनदेखि लगातार हिमपात भएपछि पर्यटकहरू उक्त क्षेत्रमा फसेका हुन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार पर्यटकहरू फसेको जानकारी शनिबार (कात्तिक १४) प्राप्त भएको थियो । उनीहरूको उद्धारका लागि आजदेखि प्रयास भइरहेको उनले बताइन् ।

उद्धार गर्न लागिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन् ।

यसैबीच, प्रतिकूल मौसमका कारण थप जोखिम निम्तिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लावासी तथा पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस