कस्तो रहला आज दिनभरको मौसम ?

अनलाइनसमय |
३० असोज २०८३
कस्तो रहला आज दिनभरको मौसम ?

काठमडौं, ३० असोज । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार साथै आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ ।

आज दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मौसम मख्यतया सफा रहने छ । देशको हिमाली भू–भागका थोरै स्थानमा, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमामेघगर्जन÷चट्याङ्ग सहित सहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राती देशको हिमाली भू–भागमा साधारणतया बादल र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा तथा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस