काठमाडौं, २९ असोज । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले देशभर मौसम मुख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । छ ।
साथै, आज राती देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।