तोलामा २२ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
२७ असोज २०८३
तोलामा २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं, २७ असोज । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार २ सय रुपैयााले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ६० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३५५ रुपैयाँ कायम भएको महास.घले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस