यी स्थानमा मेघ गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

अनलाइनसमय |
२७ असोज २०८३
यी स्थानमा मेघ गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, २७ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।

आज राती कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । देशको बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस