आज सुनको मूल्य स्थिर, घट्यो चाँदी

अनलाइनसमय |
२० असोज २०८३
आज सुनको मूल्य स्थिर, घट्यो चाँदी

काठमाडौं, २० असोज । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस