काठमाडौं, १६ असोज । निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी विवादमा छानबिनका लागि संसदीय समिति गठन भएको छ ।
शुक्रबार बसेको संसदको सार्वजनिक लेखासम्बन्धी बैठकले सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य दिइएको छ ।