Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

साउनमा निर्जीवन बीमाको व्यवसाय करिब साढे ५ अर्ब

अनलाइनसमय |
२५ भदौ २०८३
साउनमा निर्जीवन बीमाको व्यवसाय करिब साढे ५ अर्ब

काठमाडौं, २५ भदौ । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूले करिब साढे ५ अर्बको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आवको साउनमा १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा लघुबिमकहरूले ५ अर्ब ४० करोड १५ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १२ दशमलव २८ प्रतिशतले बढी हो । गत आवको साउनमा यी कम्पनीले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

चालू आवको साउनमा २ लाख ५४ हजार ६०७ वटा बीमालेख जारी भएको छ । गत आवको साउनमा २ लाख ४३ हजार ७४१ बीमालेख जारी भएको थियो ।

निर्जीवन बीमा व्यवसाय गर्ने १४ कम्पनीमध्ये सबैभन्दा अगाडि हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चालू आवको साउनमा ५६ करोड २५ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सपछि सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स बीमाशुल्क संकलन गरेको छ । कम्पनीले सो अवधिमा ५५ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सले ५३ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले ५१ करोड २ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४६ करोड ७६ लाख, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ४४ करोड ७१ लाख, दि ओरियन्टल इन्स्योरेन्सले ४४ करोड ३७ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

अन्य बीमा कम्पनीहरूमध्ये नेको इन्स्योरेन्सले ३८ करोड ८ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले ३३ करोड २३ लाख, नेपाल इन्स्योरेन्सले २५ करोड २७ लाख, नेशनल इन्स्योरेन्सले २७ करोड २ लाख, सानिमा जिआईसीले २४ करोड ३ लाख, राष्ट्रिय बीमा कम्पनीले १९ करोड २ लाख, प्रभु इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी चार लघुबिमकमध्ये सबैभन्दा धेरै व्यवसाय गर्नेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले साउनमा २ करोड २६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेपाल माइक्रोले १ करोड ७८ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७६ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun