काठमाडौं, २५ भदौ । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाएको हो ।
दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । त्यस्तै, बसिर अहमदले ४७ रन, ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् ।
बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए ।