फिफा विश्वकपमा समूह चरणको खेल सकियो, नकआउटमा कुन–कुन टोलीबीच हुन्छ प्रतिस्पर्धा ?

अनलाइनसमय |
१४ असार २०८३
फिफा विश्वकपमा समूह चरणको खेल सकियो, नकआउटमा कुन–कुन टोलीबीच हुन्छ प्रतिस्पर्धा ?

 

काठमाडौं, १४ असार । फिफा विश्वकप २०२६ को समूह चरणका खेल सम्पन्न भएका छन् । आइतबार अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रियाबीचको खेल सकिएसँगै समूह चरणका खेल पूरा भएका हुन् ।

यस विश्वकपमा ४८ राष्ट्र सहभागी थिए । ४८ मध्ये ३२ राष्ट्र नकाउट चरण (राउन्ड अफ ३२) मा प्रवेश गरेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीहरू र उत्कृष्ट आठ तेस्रो स्थान हासिल गर्ने टोलीहरूले नकाउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

नकआउट चरणमा पुगेका टोलीहरू :
समूह ‘ए’ : मेक्सिको, दक्षिण अफ्रिका
समूह ‘बी’ : स्विट्जरल्याण्ड, क्यानडा
समूह ‘सी’ : ब्राजिल, मोरक्को
समूह ‘डी’ : संयुक्त राज्य अमेरिका (ग्क्ब्), अष्ट्रेलिया
समूह ‘ई’ : जर्मनी, आइभोरी कोस्ट
समूह ‘एफ’ :  नेदरल्यान्ड्स, जापान
समूह ‘जी’ : बेल्जियम, इजिप्ट
समूह ‘एच’ :  स्पेन, केप भर्ड
समूह ‘आई’ :  फ्रान्स, नर्वे
समूह ‘जे’: अर्जेन्टिना, अस्ट्रिया
समूह ‘के’ : कोलम्बिया, पोर्चुगल
समूह ‘एल’ : इङ्गल्याण्ड, क्रोएसिया

उत्कृष्ट तेस्रोमा परेर नकआउटमा पुगेका भाग्यमानी टोलीहरू :
समूह ‘बी : बोस्निया एन्ड हर्जगोभिना
समूह ‘डी’ : पराग्वे
समूह ‘ई’ : इक्वेडर
समूह ‘एफ’ : स्वीडेन
समूह ‘जे’ : अल्जेरिया
समूह ‘के’ : डीआर कंगो
समूह ‘एल’ : घाना

राउन्ड अफ ३२ मा यी राष्ट्रबीच हुनेछ प्रतिस्पर्धा :
साउथ अफ्रिका–क्यानडा
नेदरल्यान्ड–मोरक्को
जर्मनी–पाराग्वे
फ्रान्स–स्विडेन
बेल्जियम–सेनेगल
अमेरिका–बोस्निया एन्ड हर्जगोभिना
स्पेन– अस्ट्रिया
पोर्चुगल–क्रोएसिया
ब्राजिल–जापान
आइभरी कोस्ट–नर्वे
मेक्सिको–इक्वेडर
इङ्ल्यान्ड– डीआर कंगो
स्विट्जरल्यान्ड– अल्जेरिया
कोलम्बिया–घाना
अस्ट्रेलिया–इजिप्ट
अर्जेन्टिना–केप भर्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस