काठमाडौं, ११ भदौ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत जरदारीले जर्दारीले बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा नेपालका जनता तथा सरकारप्रति पाकिस्तानको पूर्ण ऐक्यबद्धता रहेको जनाएका छन् ।
उनले विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै बेपत्ता भएकाहरूको सकुशल उद्धारको प्रार्थना गरेका छन्।