विपत्ति प्रभावित यात्रुलाई टर्किस एयरलाइन्सको साथ, री-बुकिङ र टिकट म्याद थपको विशेष सुविधा

अनलाइनसमय |
१० भदौ २०८३
विपत्ति प्रभावित यात्रुलाई टर्किस एयरलाइन्सको साथ, री-बुकिङ र टिकट म्याद थपको विशेष सुविधा

काठमाडौँ, १० भदौ ।  बाढीका कारण उडान सेवा प्रभावित भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी  टर्किस एयरलाइन्सले प्रभावित यात्रुहरूका लागि विशेष सुविधा तथा अतिरिक्त अधिकारको घोषणा गरेको छ।

कम्पनीले जारी गरेको सूचना अनुसार बाढीका कारण उडान प्रभावित भएका योग्य यात्रुहरूका लागि टिकट री-बुकिङ तथा टिकटको म्याद थप सम्बन्धी छुट र सुविधा प्रदान गरिएको छ। यो सुविधा प्राप्त गर्नका लागि यात्रुको टिकट सन् २०२६ अगस्ट २६ वा सोभन्दा अगाडि जारी भएको हुनुपर्नेछ।

सूचना अनुसार सन् २०२६ अगस्ट २६ देखि सेप्टेम्बर ०१ सम्मको साविक यात्रा मिति तय भएका यात्रुहरू यस सुविधाका लागि योग्य हुनेछन्। प्रभावित यात्रुहरूले आगामी सन् २०२६ सेप्टेम्बर १५ सम्मको कुनै पनि नयाँ मिति चयन गरी यात्रा गर्न सक्नेछन् र सोही अवधि सम्मका लागि टिकटको म्याद कायम रहनेछ।

वायुसेवा कम्पनीले री–बुकिङ वा टिकट परिमार्जनका सम्पूर्ण प्रक्रियाहरू सन् २०२६ सेप्टेम्बर १० भित्र अनिवार्य रूपमा पूरा गरिसक्नुपर्ने जनाएको छ। साथै, उडान सम्बन्धी थप अद्यावधिक सूचना र विस्तृत जानकारीका लागि आफ्ना आधिकारिक सञ्चार माध्यमहरू नियमित रूपमा पछ्याउन समेत टर्किस एयरलाइन्सले यात्रुहरूलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस