३५.९२ अंकले घट्यो नेप्से, ४ अर्ब ७७ करोडको कारोबार

अनलाइनसमय |
१० भदौ २०८३
३५.९२ अंकले घट्यो नेप्से, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडौं, १० भदौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३५ दशमलव ९२ अंकले घटेर दुई हजार ५५८ दशमलव ३५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ३५ लाख ८२ हजार ३१० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २३ धितोपत्रको शेयर मूल्य बढ्दा २५२ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४८ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार सबै समूहको उपसूचक घटेको छ । यसदिन निर्जीवन बीमा सर्वाधिक ३ दशमलव ९ प्रतिशतले घटेको छ ।

आज सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रीजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि अपर हेवाखोला हाइड्रोपावर १० दशमलव ४३ र मेगा म्युचुअल फण्डको शेयर मूल्य ४ दशमलव २५ प्रतिशतले बढेको छ ।

यसदिन २ कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रसुवागढी हाइड्रोपावर र मेलुङ जलविद्युत् रहेका छन् ।

यसदिन त्रिशुली जलविद्युत् १२ दशमलव ९५, माथिल्लो खोला जलविद्युत् ११ दशमलव ५६ र सन्जेल जलविद्युत्को शेयर मूल्य ११ दशमलव १८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस