तिब्बतबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षतिको आशंका

अनलाइनसमय |
१० भदौ २०८३
तिब्बतबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षतिको आशंका

काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । तिब्बततर्फबाट आएको बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, स्याफ्रुबेंसीलगायतका क्षेत्रमा बस्ती तथा संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी आएको हो ।

बुधबार बिहान करिब ९ बजेतिर टिमुरे बजारमा अचानक बाढी आएको थियो । बाढीले बजार क्षेत्रका घर तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको बताइएको छ । क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय रसुवासँग समेत सम्पर्क हुन नसकेको र तटीय क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

प्रहरीाका अनुसार बाढीबाट गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । दर्जनौँ बस्ती तथा बजार क्षेत्रमा बाढी पसेको र जनधनमा ठूलो क्षति भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

बाढीको प्रभाव भोटेकोशीको तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनतर्फका नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस