निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र

अनलाइनसमय |
५ भदौ २०८३
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र

काठमाडौं, ५ भदौ । सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न देशभरका सबै ७५३ वटै स्थानीय तहहरूलाई परिपत्र गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलेस्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो ।

मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

परिपत्रमा ९८ प्रकारका आधारभूत औषधिहरू र १८ प्रकारका औषधिजन्य सामग्रीहरू समावेश गरिएका छन्, जसमध्ये प्यारासिटामोल, एमोक्सिसिलिन, सिटिरिजिन, जुकाको औषधि (एल्बेन्डाजोल), जीवनजल ( र आइरन चक्की जस्ता अत्यावश्यक औषधिहरू स्थानीय सरकार आफैँले खरिद गरी मातहतका स्वास्थ्य संस्थाहरूमा वितरण गर्नुपर्नेछ ।
यसैगरी औषधिका साथै कटन, ब्याण्डेज, डिस्पोजेबल सिरिन्ज, आईभी क्यानुला, र सर्जिकल ग्लोभ्स जस्ता अत्यावश्यक सामग्रीहरूको मौज्दात र प्रबन्ध पनि स्थानीय तहले नै सुनिश्चित गर्नुपर्नेछ ।

स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता,भण्डारण तथा निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस