काठमाडौं, ३१ साउन । भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । उनी आज अपराह्न चार बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
२०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आज काठमाडौं आउन लागेका जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं बसाइँको क्रममा उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्तासमेत गर्ने तयारी छ ।
त्यस्तै, उनले सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने, प्रधानसेनापति अशोकराज सिग्देलसँग आपसी सहयोगका विषयमा दुईपक्षीय छलफल गर्ने कार्यक्रम छ ।
नेपाल र भारतीय सेनाबीच करिब ७५ वर्षदेखि मानार्थ महारथीको दर्जा दिने चलन रहँदै आएको छ । सन् १९५० देखि मानार्थ महारथी दिने चलन रहेको सैनिक मुख्यालय जङ्गी अड्डाले बताएको छ ।
यसअघि नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् । २०८१ मङ्सिर २७ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।