काठमाडौं, २९ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो ।
यस दिन सुन प्रतितोला चार हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा ९० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।