गत आवमा ११.७९ अर्बको कार्पेट तथा गलैँचा निर्यात

अनलाइनसमय |
१० साउन २०८३
गत आवमा ११.७९ अर्बको कार्पेट तथा गलैँचा निर्यात

काठमाडौं, १० साउन । पछिल्लो एक वर्ष अवधिमा कार्पेट तथा गलैँचा निर्यात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०८२/८३ मा नेपालले ११ अर्ब ७९ करोड २४ लाख रुपैयाँ बराबरको कार्पेट तथा गलैँचा निर्यात गरेको छ, जुन अघिल्लो आवको तुलनामा ३ दशमलव ७६ प्रतिशते बढी हो । आव २०८१/८२ मा १२ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको थियो ।

सबैभन्दा धेरै निर्यात अमेरिकामा भएको छ । गत आवमा ६ अर्ब ७३ करोड १३ लाख रुपैयाँ बरबरको नेपाली कार्पेट तथा गलैँचा अमेरिकातर्फ निर्यात भएको छ, जुन अघिल्लो आवको तुलनामा १ दशमलव ९१ प्रतिशतले बढी हो । गत आवको पहिलो ७ महिनामा अमेरिकामा ६ अर्ब ६० करोड ४७ लाखको यस्तो वस्तु निर्यात गरिएको थियो ।

अमेरिकापछि ८३ करोड ६६ लाख मुल्य बराबरको कार्पेट भारतमा निर्यात भएको छ । त्यस्तै, जर्मनीमा ५६ करोड १६ लाख, फ्रान्समा ४९ करोड २७ लाख ७९ हजारको, बेलायतमा ४९ करोड २७ लाखको, इटालीमा ४४ करोड ७५ लाखको र बेल्जियममा २५ करोड ९२ लाख रुपैयाँ बराबरको कार्पेट तथा गैलैँचा निर्यात भएको छ ।

यसैगरी, गत आवमा ७० करोड ५६ लाख रुपैयाँको यी वस्तु आयात गरिएको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस