चाइनाबजारको शुभारम्भ बुधबारबाट,  ई–कमर्समा नयाँ अभ्यास : उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

अनलाइनसमय |
१० साउन २०८३
चाइनाबजारको शुभारम्भ बुधबारबाट,  ई–कमर्समा नयाँ अभ्यास : उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौं, १० साउन ।नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ यही साउन १३ गते (जुलाई २९, २०२६) बुधबार हुने भएको छ । नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बिचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस ई–कमर्स प्लेटफर्मको मूल अवधारणा हो ।

नेपालमा आयातित वस्तुहरू लामो समयदेखि आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् । यस प्रक्रियामा वस्तुको मूल्य बढ्नुका साथै आपूर्तिमा अनिश्चितता पनि रहने गरेको छ । चाइनाबजार यही अन्तरलाई हटाउने उद्देश्यका साथ स्थापना गरिएको चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठले बताइन् ।

श्रेष्ठका अनुसार चाइनाबजारले तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर रहने छैन । कम्पनीले चीनका उत्पादकबाट आफैं वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्छ, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउने र कम्पनीकै गोदाममा भण्डारण गरी आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पु¥याउँछ ।

स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय छोट्याउन, लागत नियन्त्रण गर्न तथा मूल्यलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ । आपूर्ति प्रणालीमा उतारचढाव आउने बजारमा समेत यस मोडेलले स्थिर सेवा दिन सक्ने कम्पनीको विश्वास छ ।

एन्जोय योर संिपग’ नारासहित सञ्चालनमा आउन लागेको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैली (लाइफस्टाइल) सम्बन्धी सामग्री तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध गराउनेछ । आगामी दिनमा उत्पादनको दायरा क्रमशः विस्तार गरिने कम्पनीले जनाएको छ ।

ग्राहकले इसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै, कम्पनीको आफ्नै गोदाम तथा वितरण प्रणालीका कारण आवश्यक मौज्दात कायम राख्दै छिटो र भरपर्दो सेवा प्रदान गरिने बताइएको छ ।

“नेपालको डिजिटल अर्थतन्त्र निरन्तर विस्तार भइरहेको छ र चीनसँगको व्यापारिक सम्बन्ध पनि थप सुदृढ बन्दै गएको छ,” सीईओ श्रेष्ठले भनिन् । “चाइनाबजारले यी दुवै प्रवृत्तिसँगै अघि बढ्ने लक्ष्य लिएको छ । आगामी दिनमा उत्पादनको विविधता बढाउँदै देशभर आफ्नो वितरण सञ्जाल विस्तार गर्ने योजना छ ।”

चाइनाबजार डट कम (साउन १३ गतेदेखि ई–कमर्स प्लेटफर्म डब्लु डब्लु डब्लु चाइनाबजार डट कम मार्फत औपचारिक रूपमा सञ्चालनमा आउनेछ ।

चाइनाबजार डट कम नेपालमा आधारित ई–कमर्स प्लेटफर्म हो । यसले चीनका उत्पादक र नेपाली उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक पहुँच स्थापित गर्ने उद्देश्य राखेको छ । प्रत्यक्ष स्रोत व्यवस्थापन, आयात, भण्डारण तथा वितरणलाई एकीकृत गर्ने यसको व्यवसायिक मोडेलले उपभोक्तालाई पारदर्शी मूल्य र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । ‘इन्जोय योर सपिंग’ यसको ब्रान्ड नारासमेत हो । यस प्लेटफर्ममा विद्युतीय सामग्री, फेसन, लाइफस्टाइल तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस