बागमतीमा एमालेका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

अनलाइनसमय |
६ साउन २०८३
बागमतीमा एमालेका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं, ६ साउन । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले पदबाट सामूहिक राजीनामा दिएका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको निर्णयअनुसार मन्त्रीहरूको राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाएका हुन् ।

राजीनामा दिनेमा एमालेबाट सरकारमा सहभागी बिन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापा रहेका छन् ।

एमालेको राजीनामासँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ अवस्था सिर्जना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस