शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

अनलाइनसमय |
५ साउन २०८३
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं, ५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक शिक्षा, शिक्षक क्षमता विकास, सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, विद्यालय स्वास्थ्य तथा पोषण तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यका विषयमा सार्थक छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले अघि बढाइरहेका शिक्षा सुधारका प्रयासमा अमेरिकाको निरन्तर सहयोग तथा आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

साथै उनले पाठ्यक्रम प्रारूप परिमार्जनको क्रममा विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममै समावेश गर्ने गरी पाठ्यक्रम प्रारूप परिमार्जनको काम भइरहेको जानकारी समेत दिए ।

मन्त्री पोखरेलले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको र सोही आधारमा आगामी दिनमा आवश्यकता अनुसार विद्यालयहरूमा बजेट विनियोजन गरिने बताए । साथै, भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलगायतका क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस