काठमाडौं, ५ साउन । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हाजर रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदी पनि ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँ थियो ।