काठमाडौं, ४ साउन । गत आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट सरकारले पौने ६२ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार ६१ अर्ब ७३ करोड ७२ लाख ३२ हजार ७७० रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ८७ प्रतिशतले बढी हो । आव २०८१/८२ मा घरजग्गा कारोबारबाट ४९ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको राजस्व उठेको थियो ।
विभागकाअनुसार असारमा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व उठेको छ । यो गत आवमो उठेको सैबैभन्दा बढी रकम हो ।

गत आवमा घरजग्गा कारोबारमा शुन्य दशमलव ५९ प्रतिशतले बढेको छ । गत आवमा गत आव २०८२/८३ मा भने ४ लाख ४१ हजार ३०० वटा घरजग्गा खरिद बिक्री भएको छ । अघिल्लो आव २०८१/८२ मा देशभर ५ लाख ३८ हजार १२० वटा घरजग्गा कारोबार भएको थियो ।
यस्तै, जेठको तुलनामा समग्रमा असारमा घरजग्गा कारोबार बढेको छ । असारमा मात्रै ७० हजार ४ सय ८० पटक नयाँ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।
