casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

वन्यजन्तु जोखिम केन्द्रित बीमालेख आजदेखि लागू, यस्ता छन् मुख्य विशेषता

अनलाइनसमय |
१ साउन २०८३
वन्यजन्तु जोखिम केन्द्रित बीमालेख आजदेखि लागू, यस्ता छन् मुख्य विशेषता

काठमाडौं, १ साउन । नेपाल बीमा प्राधिकरणले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख तयार गरी साउन १ गते (आज)देखि लागू हुने गरी स्वीकृत गरेको छ ।

प्रदेश सरकार, स्थानीय सरकार र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका साथै वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न संस्थाहरुले बीमामार्फत वन्यजन्तुबाट हुने क्षतिको रक्षावरण गर्ने व्यवस्था गर्न प्राधिकरणसँग अनुरोध गर्दै आएका थिए । वन्यजन्तु जोखिमलाई बीमा प्रणालीमा आवद्ध गरी व्यवस्थापन गर्दा प्रभावकारी हुने देखिएकाले प्राधिकरणले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख स्वीकृत गरेको हो ।

बीमालेख तयार गर्दा प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विभिन्न राष्ट्रिय निकुञ्ज तथा आरक्षका पदाधिकारी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र वन उपभोक्ता समितिका प्रतिनिधि, वन्यजन्तु विज्ञ र वन्यजन्तु प्रभावित क्षेत्रका बासिन्दाहरूसँगको छलफल गर्नुका साथै सुझावहरू लिइएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट प्राप्त तथ्याङ्क अनुसार, निकुञ्ज तथा आरक्षका मध्यवर्ती क्षेत्र र अन्य क्षेत्रमा वन्यजन्तुबाट मानवीय, भौतिक सम्पत्ति, कृषिबाली तथा पशुधनहरूमा हुने क्षतिका कारण नेपाल सरकारले प्रत्येक वर्ष १५ करोड रुपैयाँभन्दा बढी राहत स्वरुप वन्यजन्तु प्रभावितहरूलाई वितरण गर्ने गरेको छ । विगत पाँच वर्षको अवधिमा नेपाल सरकारले करिव ७८ करोड रुपैयाँ वन्यजन्तु प्रभावितहरूलाई राहत स्वरुप वितरण गरेको तथ्याङ्क रहेको छ ।

प्राधिकरणबाट इजाजतप्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख जारी गर्न सक्नेछन् ।

वन्यजन्तु जोखिम केन्द्रित बीमालेखका मुख्य मुख्य विशेषताहरू :
(१) वन्यजन्तु जोखिम केन्द्रित बीमालेख एकीकृत हुने र बीमालेखको अवधि एक वर्षको हुने,
(२) वन्यजन्तु जोखिम केन्द्रित बीमालेखले रक्षावरण गर्ने विषय, सोको अधिकतम बीमाङ्क रकम र बीमाशुल्क देहाय बमोजिम हुने :


(३) वन्यजन्तु जोखिम केन्द्रित बीमालेखले रक्षावरण गरेका जोखिममध्ये बीमा अवधिभित्र सबै जोखिम एकैसाथ नभएको अवस्थामा समेत बीमालेखको अवधिभर उक्त बीमालेख जारी रहने,
(४) कृषि प्रयोजनका लागि पालन गरिएका पशुधनको मात्र बीमालेखले रक्षावरण गर्ने,
(५) घर तथा भौतिक संरचना वा पशुधन थपघट वा स्वामित्व परिवर्तन भएमा बीमितले बीमकलाई सोको जानकारी दिनुपर्ने र बीमकले उक्त बीमालेख नयाँ धनीको नाममा निःशुल्क नामसारी गरिदिनुपर्ने,
(६) बीमित स्थायी÷अस्थायी पूर्ण अशक्त भएको कुरा मान्यताप्राप्त चिकित्सकबाट प्रमाणित हुनुपर्ने,
(७) बीमालेखले बीमालेख अवधिभित्र बीमितले लगाएका कृषिबालीको बीमाङ्क रकमको सीमासम्म रक्षावरण गर्ने,
(८) बीमितले क्षतिको विवरण सुरक्षितसाथ राख्नुपर्ने र सर्जमिन मुचुल्का तयार भएपश्चात् मात्र क्षतिको विवरण क्षति भएको स्थानबाट हटाउन सक्ने,
(९) बीमितबाट बीमालेख हराएको अवस्थामा समेत बीमकले दाबी भुक्तानीमा सहजीकरण गर्नुपर्ने,
(१०) दुर्घटनाका कारण बीमित व्यक्ति वा परिवारका सदस्यको मृत्यु भएको अवस्थामा बीमाङ्क रकमको सीमाभित्र रहने गरी बीमकले घटना भएको सात दिनभित्र शव व्यवस्थापन तथा काजक्रिया खर्च वापत रू. ५० हजार भुक्तानी दिनुपर्ने,
(११) बीमकले मानव मुत्यृ दाबी भुक्तानी बाहेक अन्य दाबीमा पाँच प्रशितशत रकम कट्टा गरी दाबी भुक्तानी गर्नुपर्ने,
(१२) वन्यजन्तुको आक्रमणबाट बीमितले बसोवास गर्ने प्रयोजनका लागि तयार गरिएका पक्की, कच्ची, फुस, टिन वा माटोको घर तथा सोको परिसरभित्र रहेका गोठ, भान्साघर, शौचालय, पर्खाल जस्ता संरचनाहरूमा क्षति भएमा अधिकतम् बीमाङ्कसम्म रक्षावरण हुने,
(१३) वन्यजन्तुको आक्रमणबाट दुर्घटना वा क्षति भएमा बीमितले बीमकलाई क्षति भएको समयले ४८ घण्टाभित्र जानकारी गराउनुपर्ने,
(१४) बीमकले दाबी सम्बन्धी जानकारी वा सूचना प्राप्त भएपछि तत्काल दाबी प्रक्रिया प्रारम्भ गर्नुपर्ने,
(१५) वन्यजन्तुहरू : हात्ती, गैंडा, बाघ, भालु, चितुवा प्रजाति, स्याल, मृग प्रजाति, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसारबाट हुने जोखिमको रक्षावरण बीमालेखले गर्ने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun