प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच भेटवार्ता

अनलाइनसमय |
२३ असार २०८३
प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं, २३ असार । प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल र एडीबीबीचको विकास साझेदारी, आर्थिक सहयोग तथा विभिन्न विकास आयोजनाको कार्यान्वयनका विषयमा छलफल भएको जनाइएको हो ।

भेटवार्ता सोमबार नेपाल सरकार र एडीबीबीच १६५ मिलियन अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएपछि भएको हो । उक्त सम्झौता अर्थ मन्त्रालयमा सम्पन्न भएको थियो ।

अर्थ मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ का लागि ११५ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण परिचालन गरिनेछ । उक्त रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस