८.३० अङ्कले घट्यो नेप्से, करिब साढे ४ अर्बको कारोबार

अनलाइनसमय |
१९ असार २०८३
८.३० अङ्कले घट्यो नेप्से, करिब साढे ४ अर्बको कारोबार

काठमाडौं, १९ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर दुई हजार ६५३ दशमलव ४ बिन्दुमा कायम भएको हो ।

आज ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १०३ धितोपत्रको शेयर मूल्य बढ्दा १६० को घटेको छ । यस्तै १४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४५ धितोपत्र कारोबारमा आएका छन् ।

शुक्रबार फाइनान्स १ दशमलव ०६, व्यापार शून्य दशमलव ५२, हाइड्रोपावर शून्य दशमलव १६ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

यस्तै बैंकिङ शून्य दशमलव ९६, जीवन बीमा शून्य दशमलव ७१, लगानी शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४४, होटेल तथा पर्यटन शून्य दशमलव ३८, अन्य शून्य दशमलव १३, म्युचुअल फण्ड शून्य दशमलव २ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

यसदिन विकास बैंकको शेयर मूल्य स्थिर रह्यो ।

आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा स्नो रिभर्स, सानिगढ हाइड्रो र कालंगा हाइड्रो रहेका छन् । आज नेपाल फाइनान्स १४ दशमलव ९२ र खानीखोला हाइड्रोपावरकोे शेयर मूल्य ११ दशमलव ६३ प्रतिशतले बढेको छ ।

यसैगरी अपार लहरे खोला हाइड्रोपावर १३ दशमलव ६५, धौलागगिरी लघुवित्त ११ दशमलव २१, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ४ दशमलव ९७, सामुदायिक लघुवित्त ४ दशमलव ७५ र युनिभर्सल पावरको शेयर मूल्य ४ दशमलव ७२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस