‘मौसम प्रतिकूलताका कारण भारतीय हेलिकप्टर नेपालीमा प्रवेश गरेको पाइयो’

अनलाइनसमय |
१७ असार २०८३
‘मौसम प्रतिकूलताका कारण भारतीय हेलिकप्टर नेपालीमा प्रवेश गरेको पाइयो’

काठमाडौं, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रवेश गरेको जानकारी प्राप्त भएको बताएका छन् ।

बुधबार संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खनालले दार्चुला क्षेत्रमा भारतीय हेलिकप्टर प्रवेश गरेको बारे सरकार जानकार रहेको बताए ।

उनका अनुसार सम्बन्धित निकायबाट प्राप्त विवरणले हेलिकप्टरको प्रवेश नियोजित वा गलत उद्देश्यले नभई उक्त क्षेत्रको भौगोलिक अवस्था र खराब मौसमका कारण भएको देखाएको छ । उनले यस विषयमा नेपाली अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक समन्वय तथा सम्पर्क जारी रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस