काठमाडौं, १५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाहबीच सहकार्य भए जनताले कस्तो प्रतिक्रिया जनाउलान् भन्ने प्रश्न उठाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्भावित राजनीतिक सहकार्यको चर्चा भइरहेका बेला साम्पाङले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । आइतबार लामो समयको राजनीतिक तिक्ततापछि ओली र प्रचण्ड एउटै मञ्चमा देखिएसँगै सहकार्यको संकेत गरिएको थियो ।
त्यसै सन्दर्भलाई जोड्दै साम्पाङले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आए कतिको अचम्म मान्लान् त ?’