राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

अनलाइनसमय |
१० असार २०८३
राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

काठमाडौं, १० असार । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरको भीमदत्तनगर–४, महेन्द्रनगरस्थित उक्त मनिचेञ्जरको लाइसेन्स रद्द गरेको हो ।

कम्पनीले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएपछि इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो । नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ अनुसार संस्थाले व्यवसाय बन्द गर्ने इच्छा देखाएपछि यो प्रक्रिया अघि बढेको राष्ट्र बैंकले जनाएको छ ।

उक्त मनिचेञ्जरसँग कसैको कुनै किसिमको लेनदेन वा अन्य सरोकार बाँकी भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयमा आवश्यक जानकारी तथा दाबी पेश गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस