काठमाडौं, ८ असार । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ६ सयले बढेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने तोलामा ४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।