राष्ट्र बैंकमा ३ विभागीय प्रमुखको जिम्मेवारी हेरफेर, कार्यकारी निर्देशकमा नागिलाको बढुवा

अनलाइनसमय |
५ असार २०८३
राष्ट्र बैंकमा ३ विभागीय प्रमुखको जिम्मेवारी हेरफेर, कार्यकारी निर्देशकमा नागिलाको बढुवा

काठमाडौं, ५ जेठ । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुख (कार्यकारी निर्देशक) हरुको जिम्मेवारी हेरफेर भएको छ । कार्यकारी निर्देशक नरेश शाक्यको अवकाससँगै रिक्त भएको कार्यकारी निर्देशक पदमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्द प्रसाद नागिलाको बढुवा भएको छ ।

नागिला कार्यकारी निर्देशकमा बढुवा भएसँगै केही कार्यकारी निर्देशकको जिम्मेवारी पनि हेरफेर भएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
बढुवासँगै नागिलालाई मानव संसाधन विभागको जिम्मेवारी दिइएको छ । उक्त विभागमा रहेका गुरु प्रसाद पौडेललाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै गभर्नर कार्यालयमा रहेका मुक्तिनाथ सापकोटालाई संथागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उक्त विभागमा कार्यरत रहेका राजन विक्रम थापाको भने नरेश शाक्य अवकास भएसँगै रिक्त रहेको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस