यस वर्षको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा

अनलाइनसमय |
५ असार २०८३
यस वर्षको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा

काठमाडौं, ५ असार । यस वर्षको प्रि–मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ । यस वर्ष भने औसतको १४५ दशमलब ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।

विभागले सन् १९८१ देखि देशभरका १२६ वटा वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि–मनसुनको विश्लेषण गर्दै आएको छ । यसअघि सन् १९९० को प्रि–मनसुनमा औसतभन्दा निकै बढी पानी परेको रेकर्ड थियो । यस वर्षको मौसमी गतिविधिले सन् १९९० को उक्त रेकर्डलाई तोडेको हो ।

तथ्याङ्कअनुसार सन् २००० मा ३२३ दशमलव १९ मिलिमिटर, सन् २०२१ मा ३१७.८८ मिलिमिटर र सन् २०२० मा ३१५.७८ मिलिमिटर वर्षा भएको थियो । यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रि–मनसुन अवधिमा औसतभन्दा उल्लेख्य बढी वर्षा हुनु जलवायु प्रणालीमा देखिएको परिवर्तनको सङ्केत हुन सक्छ । यस अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको देखिएको छ ।

May be an image of text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस