काठमाडौं, ५ असार । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च ह्रास आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने तोलामा ३०५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।