कारोबारसँगै घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
४ असार २०८३
कारोबारसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं, ४ असार । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ६ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७ दशमलव ४७ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन परिसूचक शुन्य दशमलव ८ अङ्कले घटेर २,७०५ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ७७ लाख ८३ हजार ३० कित्ता शेयर ४१ हजार १०४ पटक किनबेच भएको छ ।
बिहीबार ३४७ धितोपत्र कारोबारमा आए, जसमध्ये १८१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७७ धितोपत्रको मूल्य बढेको छ भने १४ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा ५ समूहको उपसूचक बढेको छ । अन्य समूहको उपसूचक ०.८६ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूहको ०.६२, विकास बैंकको ०.५६, होटेल एण्ड टुरिजमको ०.४४, निर्जीवन बीमाको ०.३०, जीवन बीमाको ०.१४, हाइड्रोपावरको ०.१२ र उत्पादनमुलक समूहको ०.१० प्रतिशतले घटेको छ ।

यस दिन व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ०.३१ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्सको ०.२०, म्युचुअल फण्डको ०.१९, माइक्रोफाइनान्सको ०.०४ र बैंकिङको ०.०२ प्रतिशतले घटेको छ ।

बिहीबार एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्तको १२.५३, बुंगल हाइड्रोको ८.५६ र भुजुङ्ग हाइड्रोको ६.३० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज डोल्टी पावर कम्पनीको शेयर मूल्य ३.२० प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस