नेप्सेमा सामान्य अङ्कको वृद्धि, घट्यो कारोबार

अनलाइनसमय |
३ असार २०८३
नेप्सेमा सामान्य अङ्कको वृद्धि, घट्यो कारोबार

काठमाडौं, १५ माघ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्य दशमलव ०८ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७०५ दशमलव ५३ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार परिसूचक ६ दशमलव ३१ अङ्कले घटेर २,७११ को विन्दुमा कायम भएको थयो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ४४ हजार ५४२ पटक किनबेच भएको छ ।

बुधबार ३५२ धितोपत्र कारोबारमा आए, जसमध्ये १३१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १२६ धितोपत्रको मूल्य बढेको छ भने १४ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा ४ समूहको उपसूचक बढेको छ । होटेल एण्ड टुरिजम समूहको सबैभन्दा धेरै ०.६४ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ०.५५, बैंकिङको ०.१० र अन्य समूहको उपसूचक ०.८ प्रतिशतले घटेको छ ।

यस दिन लगानी समूहको उपसूचक सबैभन्दा धेरै ०.५३ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादनमुलक समूहको ०.५१, फाइनान्सको ०.१४ र हाइड्रोपावरको ०.३ प्रतिशतले बढेको छ ।

बुधबार सोपान फार्मास्यूटिकल्स र अपल्लो हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, बुङ्गल हाइड्रोपावरको ७.५, त्रिशुली जलविद्युत्को ५.९२ र युनिक नेपाल लघुवित्तको २.८४ प्रतिशतले शेयर मूल्य बढेको छ । आज डोल्टी पावरको शेयर मूल्य ३.३५ प्रतिशतले घटेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस